किन बन्द हुँदैछ प्रहरीको हैटी मिसन ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ पुष २०७५, सोमबार ०५:४१

काठमाडौं । नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताका लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ । हाल हाइटीको एफपियू मिसनमा १ सय ४० प्रहरी खटिएका छन् ।

हाइटीमा द्वन्द्व समाधानउन्मुख भएकाले राष्ट्रसंघले शान्ति सेनालाई कटौती गर्दै लगेको हो । सोहीअनुसार यसअघि नै ‘अनपोल मिसन’अन्तर्गत कोटा कटौती भइसकेको छ । क्यारेबियन देश हाइटीमा सन् २००४ देखि शान्ति स्थापनार्थ नेपाल प्रहरीको टोली खटिँदै आएको छ । एफपियू हाइटीमा हालसम्म तीन हजार ७० प्रहरीले काम गरिसकेका छन् । हाइटी र सुडानमा गरी नेपाल प्रहरीका दुईवटा मात्र एफपियू मिसन छन् । हाइटी बन्द भएपछि सुडान मिसन मात्र हुने भएकाले राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर प्रहरीका लागि कम हुने भएको छ । शान्ति मिसन प्रहरीका लागि आकर्षक मानिन्छ ।

नयाँ पत्रिकामा समाचार छ ।

(Visited 1 times, 1 visits today)

१६ पुष २०७५, सोमबार ०५:४१ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts