एकदविसीय श्रृंखलाका लागि राष्ट्रिय टिमको घोषणा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ पुष २०७५, सोमबार ०७:३०

काठमाडौं । युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ । छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् ।

युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।

एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी-ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल खेल्नेछ ।

(Visited 1 times, 1 visits today)

१६ पुष २०७५, सोमबार ०७:३० मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts