शेख हसिना तेस्रोपटक बंगलादेशको प्रधानमन्त्री निर्वाचित

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ पुष २०७५, सोमबार ०७:४०

ढाका । बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना वाजिद तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।

आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको पार्टी अवामी लिगले ३ सय ५० सिटमध्ये २ सय ८१ सिटमा विजय हासिल गरेकाे त्यहाँको निर्वाचन आयोगले जनाएकाे छ।

उक्त जितसँगै हसिना लगातार तेस्राे कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्। हसिनाको पार्टी अवामी लिग सन् २००८ देखि नै बंगलादेशको सत्तामा छ।

संसदका ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ।

निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका थिए।

निर्वाचनमा प्रतिपक्षी दल बंगलादेश नेश्नलिस्ट पार्टीले सात सिट मात्र जितेकाे छ।

मुस्लिम धर्मावलम्बी बाहुल्य रहेकाे बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागी भएको बीबीसीले जनाएको छ।

आइतबार निर्वाचनका क्रममा झडपमा हुँदा १७ जनाको मृत्यु भएको थियो।

विपक्षी दलद्वारा परिणाम अस्वीकार
प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी)ले भने चुनावी परिणाम अस्वीकार गरेको छ। चुनावमा सरकारले धाँधली गरेको उसको आरोप छ।

बीएनपीका नेता कमाल हुसेनले बीबीसीसँगको कुराकानीमा निर्वाचन परिणामलाई हास्यास्पद भन्दै निष्पक्ष सरकार गठन गरी पुनः मतदानको माग गरेका छन्।

चुनावमा धाँधली भएको भन्ने विषयमा त्यहाँको निर्वाचन आयोगले छानबिन गर्ने जनाएको छ।

(Visited 1 times, 1 visits today)

१६ पुष २०७५, सोमबार ०७:४० मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts