एपिएफ र सरस्वती विजयी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ पुष २०७५, मंगलवार १२:०९

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपिएफ क्लब र सरस्वती क्लब विजयी भएका छन्। मंगलबार अपरान्ह सम्पन्न खेलमा सशस्त्रको एपिएफले अर्का विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–१ गोल अन्तरले पराजितगर्दा सरस्वती यूवा क्लबले च्यासल यूवा क्लबलाई २–१ ले पराजित गरेको हो।

आजको खेलसँगै विजयी भएको एपिएफ २० अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लन सफल भएको छ। पराजित पुलिस १८ अंकसहित एक स्थान तल झर्दै छैठौं स्थानमा पुगको छ।

यसैगरी सरस्वती क्लब १३ अंक जोड्दै लिगको ९ औं स्थानमा उक्लिएको छ। पराजित च्यासल १५ अंकसहित आठौं स्थानमै सीमित भएको छ।

लिगमा २ खेल अगावै मनाङ मस्र्याङ्दी क्लब उपाधि विजेता बनिसकेको छ। अबका खेलहरु दोस्रो देखि तलका स्थानका लागि मात्र हुनेछ।

(Visited 1 times, 1 visits today)

१७ पुष २०७५, मंगलवार १२:०९ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts