बलिउड अभिनेता कादर खानको निधन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ पुष २०७५, मंगलवार १२:१४

एजेन्सी । भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खानको निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रा पिता अब हामी माझ रहनु भएन ।’

८१ वर्षका कादर खान अभिनेतासँगै संवाद लेखक पनि हुन् । उनको स्वास्थ्य केही दिनदेखि गम्भीर बनेको थियो । सामाजिक सञ्जालमा उनको निधन भएका खबर पनि आएका थिए ।

सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग धेरै चलचित्रमा काम गरेका थिए ।

उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा डेब्यु गरेका थिए । खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।

(Visited 1 times, 1 visits today)

१७ पुष २०७५, मंगलवार १२:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts