श्री एअरलाइन्सले २ जहाज थप्दै, भरतपुर र पोखरा उडाउने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ पुष २०७५, बुधबार ०२:०३

काठमाडौं । श्री एयरलाइन्सले २ वटा नयाँ जहाज थप्ने भएको छ । एयरलाइन्सले ७६ सिट क्षमताको २ वटा जहाज खरिद गर्ने भएको हो ।

४ वटा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले जहाजको संख्या बढाएर ६ पुर्याउने भएको छ । जहाज किन्नका लागि प्रक्रिया अघि बढिसकेको एयरलाइन्स श्रोतले बताएको छ ।

एयरलाइन्सले करिब डेढ अर्ब रुपैंयामा सो जहाज खरिद गर्ने तयारी गरेको हो । २ वटा जहाजले भरतपुर र पोखरा लगायत विमानस्थलमा उडान भर्नेछ ।

यसैगरी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि सरकारसँग अनुमति माग गरेपनि प्रक्रिया मै रहेको छ । हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीसँग ८ वटा हेलिकप्टर रहेको छ । हेलिकप्टरले हाल देशभर सेवा प्रदान गरिरहेको छ । कम्पनीसँग एमआई १७ एएस ३५० लगायत ८ वटा हेलिकप्टर रहेको छ । यी हेलिकप्टरहरुले दक्षिण एसियामा समेत सेवा दिइसकेको छ ।

विश्व खाद्य कार्यक्रमको सामान ढुवानीको कामपनि कम्पनीका हेलिकप्टरले गरेको छ ।

(Visited 1 times, 1 visits today)

१८ पुष २०७५, बुधबार ०२:०३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts