गगनको गर्जन – संसदमा प्रतिपक्षको मुख थुन्नेलाई देखाइदिन्छौ (भिडियो)

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ पुष २०७५, सोमबार ०५:१८

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं युवा नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसद सञ्चालन गर्न नजानेको आरोप लगाएका छन् । संसद बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद थापाले प्रधानमन्त्री केपी ओलीले सार्वजनिक महत्वको विषयमा संसदमा बोलेपछि संसद नियमावलीका आधारमा ईच्छुक सांसदले प्रश्न गर्न पाउने व्यवस्थालाई सभामुखले उल्लंघन गरेको आरोप लगाए । कांग्रेसले प्रधानमन्त्री सम्बोधन लगत्तै प्रश्न सोध्न ५ जनाको नाम सभामुख महरालाई टिपाएकोमा सभामुखे प्रश्न गर्ने अवसर खोसेको थापाको आरोप छ ।

‘सरकारलाई जनप्रतिनिधिले गरेको प्रश्न सुन्नै मन नहुने ? सभामुख हो की पार्टीको कार्यकर्ता ?’ गगनले भने । थापाले सभामुखको भूमिका शंकास्पद रहेको भन्दै प्रधानमन्त्रीको कार्यकर्ताको रुपमा सभामुख देखिनु दुखद रहेको बताए ।

(Visited 1 times, 1 visits today)

२३ पुष २०७५, सोमबार ०५:१८ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts