४ महिनामा ८४ विदेशीलाई देश निकाला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ पुष २०७५, बुधबार १०:५३

काठमाडौं । विभिन्न प्रयोगका लागि नेपाल आएर कानुन विपरीत गतिविधि गरेको आरोपमा ८४ विदेशी नागरिकलाई देश निकाला गरिएको छ। पछिल्लो ४ महिनाको अवधिमा उनीहरुलाई निश्चित अवधिसम्म नेपाल आउन नपाउने गरी निकाला गरिएको हो।

बुधबार अध्यागमन विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ईश्वरराज पौडेलले उनीहरुलाई अनुसन्धानपछि निष्कासन गरिएको जानकारी दिए। ‘घुम्न आउने बहानामा कानुनले बर्जित गरेको गतिविधि गर्नेहरुलाई अनुसन्धानपछि कारबाही गरिएको हो’, उनले भने, ‘उनीहरुमाथि अध्यागमन ऐन अनुसार अनुसन्धान र कारबाही भएको थियो।’

कारबाहीमा पर्नेहरुमा नेपाल आएर ड्रग पार्टी गर्नेदेखि क्रिश्चियन धर्म प्रचार गर्नेहरुसम्म छन्। कतिपय नेपालमा अवैध व्यपारमा समेत संलग्न भएको जनाइएको छ। विदेशी नागरिकले व्यवसाय गर्न व्यापार भिसा नै लिनुपर्ने कानुनी ब्यवस्था छ।

देश निकाला गरिनेमा जापान, अस्ट्रेलिया, चीनलगायतका देशका नागरिक छन्। अध्यागमन विभागका अनुसार नेपाल आएका विदेशी नागरिकले झुठा विवरण, जाली राहदानी वा भिसा प्रयोग गर्न पाउँदैनन्। त्यस्तै, प्रचलित कानुन विपरीतका गतिविधि गरेको खण्डमा पनि अपराधको तहकिकात र कारबाही पूरा गरी सरकारको स्वीकृतिमा देश निकाला गर्न सक्छ।

(Visited 1 times, 1 visits today)

२५ पुष २०७५, बुधबार १०:५३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts