सरकार र सभामुख दुवै अनुत्तरदायि : खाँड

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ पुष २०७५, बुधबार १०:५६

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख बालकृष्ण खाँणले सरकार सदनप्रति उत्तरदायी नबनेको सभामुख सरकारलाई संरक्षण गरेको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्‍दै खाँणले भने, ‘पुस २२ गते प्रतिनिधिसभा नियमावली २ सय १९ को व्यवस्था अनुसार प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमा २ सय १९ को २ को व्यवस्था अनुसार सांसहरुलाई प्रश्न सोधन् दिनुपर्नेमा उल्टै सभामुखले प्रश्‍न सोध्न रोक लगाउनुले सरकारको संरक्षण देखिन्छ।’

उनले एक्लौटी ढंगबाट सदन चलाएर सभामुखले नियमावलीमा भएको व्यवस्था अनुसार सांसदको अधिकारको रक्षा गर्नुको साटो हनन् गरेको आरोप लगाए।

शुक्रबारको बैठकमा आफूहरुलाई प्रश्न सोध्न नदिएर व्यवस्थापकीय पक्षमा सभामुखको सरकारको संरक्षण र कमजोरी देखिएको भन्दै सदन अवरोध गर्दा गर्दै सदनको कारवाही अगाडि बढाउनु शोभनीय र परम्परा नभएकाले आगामी दिनमा त्यसो नगर्न पनि उनले आग्रह गरे।

साथै सांसदले प्रश्न सोध्ने र उनीहरुको जवापफ मन्त्रीहरुले दिने कुराको सुनिश्चित नभएसम्म बैठक संचालन हुन नसक्ने बताएपछि सभामुखले सरकारलाई रुलिङ गरेका थिए।

त्यसपछि सभामुख महराले सदनमा उठेको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सांसदहरुले बैठकमा राखेको प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई निर्देशन दिए।

(Visited 1 times, 1 visits today)

२५ पुष २०७५, बुधबार १०:५६ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts