सरकारले सहमति तोड्यो, जनतालाई मुर्ख बनायो : गगन थापा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ पुष २०७५, बुधबार ११:०८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिको खिल्ली उडाउँदै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।

सत्तारुढ नेकपाले संसदमा भएको शक्तिको दुरुपयोग गरेर नागरिकको ठूलो संघर्षपछि वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरित सो विधेयक संसदीय समितिको बहुमतको बलमा जबर्जस्ती पारित गर्नु दुर्भाग्यपूर्ण भएको कांग्रेस नेता थापाको प्रतिक्रिया छ।

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै नेता थापाले सो विधेयक रोक्न र सच्याउनका लागि आफूहरु संसदको फूल हाउसमा लडाईं जारी राख्ने चेतावनी पनि दिए। ‘त्यही सरकार, जस्ले वरिष्ठ चिकित्सक केसीसँग सम्झौता गर्यो, सम्झाैताको पाठ संसदमा पढ्यो, अहिले आएर हाँसी–हाँसी त्यसको खिल्ली उडायो’ नेता थापाले भने।

नेता थापाले सत्तारुढ दलका केही व्यापारिक मानिसहरुको स्वार्थमा परेर सरकारले सो विधेयक समितिको बहुमतले पारित गराएको आरोप पनि लगाए।

उनले बहुमतको बलमा पारित गर्ने भए सो विधेयक गोविन्द केसीसँग भएको सम्झौता अनुसार नै पारित गर्ने भनी सम्झौता किन गरेको ? भनी सरकारलाई प्रश्न पनि गरे।

बुधबार बिहान संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो विधेयक बहुमतले पारित गरेको थियो। सो विधेयकमा नेता थापासहितका कांग्रेसका ४ जना सांसदहरुले असहमति जनाएका थिए।

(Visited 1 times, 1 visits today)

२५ पुष २०७५, बुधबार ११:०८ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts