साताको अन्तिम दिन कारोबारमा सुधार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १४:४१

काठमाडौं । पूँजी बजार सुधारका कार्यक्रमको प्रभावले शेयर बजार लयमा फर्किन थालेको छ। हिजो बुधबार २.२९ अंकले बढेको बजारले आज बिहीबार पनि निरन्तरता पाएको हो। साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ ।

यस दिन कारोबार रकममा समेत बढेको छ । बुधबार ३४ करोड रुपैयाँको कारोबार भएको बजारमा आज बिहीबार भने ३६ करोड भन्दा बढीको काराबोर भएको छ ।

नेप्से १.४८ अंकले बढेर ११८०.८४ बिन्दुमा पुगेको छ । १६३ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर किनबेच हुँदा ३६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएकाे छ। यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३९ अंकले बढेर २५०.६५ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ११ उपसूचक मिश्रीत देखिएका छन् । जसमध्ये ७ उपसूचक सकारात्मक देखिएकाे छ भने ४ उप सूचक ऋणात्मक देखिएको छ ।

बिहीबारकाे बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२.१७ अंकले बढेको छ । यस्तै जीवन बीमा ५.९६, माइक्रोफाइनान्स ५.७, ट्रेडिङ्ग २.५३, फाइनान्स २.५२, वाणिज्य बैंक १.५८, अन्य समूहको सुचक १.१९ अंकले सुधार भएका छन् ।

(Visited 1 times, 1 visits today)

२६ पुष २०७५, बिहीबार १४:४१ मा प्रकाशित

Popular Posts