काठमाडौं जेसीजले स्वर्ण महोत्सव भव्य रुपले मनाउने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १५:०३

काठमाडौं । जेसीज अभियानकै अग्रणी संस्था काठमाडौं जेसीजले स्थापनाको पचासौं वार्षिकोत्सवलाई स्वर्ण महोत्सवका रुपमा भव्यताका साथ मनाउने भएको छ । काठमाडौं जेसीज वर्ष २०१९ को पहिलो बोर्ड बैठकमा वर्षैभरी विभिन्न कार्यक्रमहरु गर्ने तथा स्वर्ण महोत्सवको मूल समारोहलाई भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

काठमाडौं जेसीजका अध्यक्ष भुवनकुमार श्रेष्ठको अध्यक्षतामा तीनकुनेस्थित कार्यालयमा बसेको बैठकले स्वर्ण महोत्सवका सन्दर्भमा स्मारिका प्रकाशन गर्ने, काठमाडौं जेसीजको ईतिहासदेखि वर्तमानसम्म समेट्ने गरी वृत्तचित्र निर्माण गर्ने, विभिन्न च्यारिटी शोहरु आयोजना गर्ने लगायतको निर्णय गरेको हो । ‘काठमाडौं जेसीजको स्वर्ण महोत्सवलाई ऐतिहासिक र भव्य बनाउन पहिलो बैठकले नै विभिन्न निर्णय गरेको छ । यो वर्ष काठमाडौं जेसीजका लागि विशेष वर्ष रहनेछ ’ अध्यक्ष श्रेष्ठले भने ।

बैठकपछि काठमाडौं जेसीजको पदाधिकारीहरु एवं नवनियुक्त कमिसन डाइरेक्टरहरु सामुहिक तस्विरमा ।

काठमाडौं जेसीजका महासचिव अनुप सुनुवारले बोर्ड बैठकले भावी कार्ययोजना, आर्थिक योजना तथा जिम्मेवारी बाँडफाँडका सन्दर्भमा महत्वपूर्ण निर्णयहरु गरेको छ । काठमाडौं जेसीजकै आयोजनामा शुक्रबार काठमाडौंमा एलओएम अफिसर तालिम तथा पूर्व अध्यक्षहरुसंगको भेटघाट कार्यक्रम राखिएको महासचिव सुनुवारले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

२६ पुष २०७५, बिहीबार १५:०३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts