वाइडबडीका ‘भ्रष्ट’लाई कारवाही नगर्ने सरकारको घोषणा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १५:१९

काठमाडौं । सरकारले वाइडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई तत्काल कार्वाही नगर्ने स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका मन्त्री तथा कर्मचारीहरुलाई तत्काल कार्वाही नगर्ने बताएका हुन।

उनले सरकारले गठन गरेको छानवीन आयोगको प्रतिवेदन आएपछि मात्रै सो प्रकरणमा दोषी देखिएकाहरुमाथि कार्वाही हुने पनि स्पष्ट पारे। बिहीबार मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको निर्णयको हेक्का राखेरै सरकारले सो प्रकरणका सम्बन्धमा छानबिन गर्न आयोग नै गठन गरेको पनि स्पष्ट पारे।

यथार्थ विवरण नआई वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएकामाथि कार्वाही गर्न हतारो हुने संचारमन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले सरकार सो प्रकरणको ढाकछोप गर्न नलागेको पनि पटक–पटक दोहोर्‍याए।

संघीय संसदको सार्वजनिक लेखा समितिले वाईडबडी विमान खरिदमा मुख्य दोषी देखिएको भन्दै नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न र बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको पनि संलग्नता रहेको भन्दै कानुनी कार्वाही गर्न सरकारलाई निर्देशन दिएको थियो।

मन्त्री बास्कोटाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग बमोजिमनै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको दावी पनि गरे। उनले वरिष्ठ चिकित्सक केसीको १६ औं आमरण अनसन बुझि नसक्नु भएको प्रतिक्रिया दिँदै सो सम्बन्धमा बुझ्न पनि संचारकर्मीहरुलाई आग्रह गरे।

वरिष्ठ चिकित्सक केसीले आफूसँग गरिएको सहमति विपरीत संसदीय समितिले सो विधेयक पारित गरेको भन्दै १६ औं पटक इलाममा पुगेर आमरण अनसन सुरु गरे।

(Visited 1 times, 1 visits today)

२६ पुष २०७५, बिहीबार १५:१९ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts