पृथ्वीनरायणलाई बिर्सनु हुँदैन : लोहनी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार १६:१४

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विश्वमानचित्रमा नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने बताउनुभएको छ ।

पार्टीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पृथ्वीनारायणले बाइसे चौबीसे राज्यमा छरिएको भूगोललाई एकीकरणको परिकल्पना गरी आधुनिक नेपाल निर्माण गरेको स्मरण गर्नुभयो ।

चियापानमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, साहित्यकार, कलाकारलगायतको सहभागिता रहेको थियो ।

(Visited 1 times, 1 visits today)

२७ पुष २०७५, शुक्रबार १६:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts