आचरण विपरीत काम गर्नेलाई न्यायालयमा स्थान छैन : प्रधानन्याधीश

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार १६:१९

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताएका छन् ।

सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज आयाजना गरेको कार्यक्रममा उनले संसदीय सुनुवाइका क्रममा आफूले न्यायालयको छविलाई माथि उठाउने ढङ्गले कुरा गरेको स्मरण गरे ।

प्रधानन्यायाधीश राणाले भने, “न्यायको दीप सर्वोच्च अदालतबाटै प्रमाणित गरेर देखाउनु छ, संविधानले दिएको जिम्मेवारी, दायित्व र कर्तव्यबाट म कुनै पनि हालतमा विचलित हुन्न ।”

बार एशोसिएशनले न्यायाधीश दीपकराज जोशीलाई न्यायपरिषद् सदस्यबाट हटाएकोलगायतका विषयलाई लिएर आफूले सर्वोच्चका सम्पूर्ण न्यायाधीशसँग छलफल गरी उपयुक्त निर्णय लिने स्पष्ट पारे ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले चार वर्षको कार्यकालमा जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै सरकारकातर्फबाट कुनै हस्तक्षेप गर्ने मनसाय नराखी सहयोग गर्ने बताए । महान्यायाधिवक्ता अग्नि खरेलले न्यायालयका लागि सरकारी वकिल र नेपाल बार काउन्सिलका तर्फबाट सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायालयको सही कार्यमा सदा साथ दिने उल्लेख गर्दै वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारी नदिएकोप्रति ध्यानाकर्षण गराए ।

(Visited 1 times, 1 visits today)

२७ पुष २०७५, शुक्रबार १६:१९ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts