सरकारविरुद्ध तरुण दलको आन्दोलन घोषणा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार १६:२२

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीका अनुसार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

तरुणदलले विज्ञप्ति जारी गर्दै बिरोध र्याली र बिरोध सभा लगायतका कार्यक्रम गर्ने जनाएको छ । विरोध कार्यक्रम माघ ८ गते प्रदेश एक बिराटनगर, माघ ९ गते प्रदेश दुई जनकपुर, माघ १० गते प्रदेश तीन हेटौंडा, माघ ११ गते गण्डकी प्रदेश, पोखरा, माघ १२ गते प्रदेश पाँच भैरहवा, माघ १३ गते प्रदेश कर्णाली प्रदेश, सुर्खेत र माघ १४ गते सुदूर पश्चिम प्रदेशको धनगढीमा गर्ने नेपाल तरुणदलका महसचिव शाहीले जारी गरको विज्ञप्तिमा जनाइएको छ ।

(Visited 1 times, 1 visits today)

२७ पुष २०७५, शुक्रबार १६:२२ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts