राजश्व जम्मा हुने बैंकका शाखा शनिबार पनि खोल्न निर्देशन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार १६:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो ।

अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ ।

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।

(Visited 1 times, 1 visits today)

२७ पुष २०७५, शुक्रबार १६:२५ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts