आन्तरिकतर्फ हवाई भाडा घट्यो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार १६:३४

काठमाडौं । नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ। उनले भने, ‘ आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ।’

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो।

नयाँ भाडादर अनुसार काठमाडौं-सिमरा ९० रुपैयाँ घटेको छ। पहिला ९४० रुपैयाँ लिइँदै आइएको फ्युल सरचार्ज आइतबारदेखि ८५० रुपैयाँ मात्रै लिइनेछ। नयाँ भाडाअनुसार काठमाडौं-सिमरा अब ३१२० रुपैयाँ पर्ने छ।

काठमाडौं-भरतपुर रुटमा पनि ११० रुपैयाँ घटेको छ। पहिला लिइँदै आइएको ११२० रुपैयाँ फ्युल सरचार्ज घटेर अहिले १०१० भएको छ। नयाँ भाडादर अनुसार उक्त रुटमा यात्रा गर्दा यात्रुले ३६५० रुपैयाँ मात्रै तिरे पुग्छ।

यस्तै तुम्लिङटारको भाडा १ सय ८५ रुपैयाँ घटेको छ। उक्त गन्तव्यमा अहिले फ्युल सरचार्ज १९२५ रुपैयाँ लिइँदै आइएको छ भने आइतबार देखि १७४० रुपैयाँ लिइनेछ। आइतबारदेखि काठमाडौं-तुम्लिङटारको नयाँ भाडा ६००० तोकिएको छ।

सबैभन्दा बढी भाडा भने काठमाडौं-धनगढी रुटको घटेको छ। उक्त रुटमा ४४० रुपैयाँ भाडा घटेको छ। पहिला यो रुटमा ४६१६ रुपैयाँ फ्युल सरचार्ज लिइँदै आइएको थियो आइतबारदेखि ४१७५ रुपैयाँ लाग्नेछ। उक्त रुटमा१२६५० रुपैयाँ भाडादर तोकिएको छ।
यस्तै माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँ भाडा घटेको छ। माउन्टेन फ्लाइटमा पहिला ३५८५ रुपैयाँ फ्युल सरचार्ज लिइँदै आइएको छ भने आइतबारदेखि भने ३२४० रुपैयाँ लिइने छ। आइतबारदेखि यात्रुले उक्त प्लाइटमा ११३०० रुपैयाँ भाडा तिरे पुग्छ।

(Visited 1 times, 1 visits today)

२७ पुष २०७५, शुक्रबार १६:३४ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts