डा. केसीका माग पूरा गर्न चिकित्सक संघको माग

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ पुष २०७५, शनिबार १३:०४

काठमाडौं । नेपाल चिकित्सक संघले १६ औं पटक अनसन बसिरहेका डा गाेविन्द केसीकाे जीवन रक्षाका निम्ति विशेष पहल गर्न सरकारलाई आग्रह गरेकाे छ।

संघले अनसनमा बस्दा डा केसीकाे शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्नेतर्फ सचेत गराउँदै आमरण अनसनलाई सदाका लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्नसमेत सरकार समक्ष माग राखेकाे छ।

आज विज्ञप्ति प्रकाशित गर्दै संघले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सम्पूर्ण नागरिकहरुको सहज पहुँचका लागि डा केसीले थालेको कदम उचित भएको भन्दै उनीसँग गरिएकाे सम्झौता कार्यान्वयन गर्नुको सट्टा डा केसीलाई नै चिढ्याउने गतिविधिहरु गरिररहेको बताएकाे छ।

विज्ञप्तिको पूर्णपाठ
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.सँग नेपाल सरकारले १५ औं पटक सम्झौता गरीसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सरकारले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सम्पूर्ण नागरिकहरुको सहज पहुँचका लागि डा. के.सी. ले उजागर गर्नु भएको कदम उचित भएको भन्दै उहाँसँग १५ औं पटक सम्म सम्झौता गर्ने अनी त्यसको कार्यान्वयन गर्नुको सट्टा डा. के.सी.लाई नै चिढाउने गतिविधिहरु गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल सरकारको गरिमा र प्रतिष्ठामाथी नै आँच पुग्ने गरेकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।

डा. के.सी. १६ औं पटक अनसनमा बस्दा उहाँको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्ने तर्फ सचेत रहँदै नेपाल सरकराले डा. के.सी.को जीवन रक्षाका निम्ती विशेष पहल गर्न र यो आमरण अनसनलाई सदाका लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न समेत नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।

डा. लोचन कार्की
महासचिव

(Visited 1 times, 1 visits today)

२८ पुष २०७५, शनिबार १३:०४ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts