भ्रष्टलाई संरक्षण गर्दा सरकार असफल : नेता सिंह

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ पुष २०७५, शनिबार १४:०७

महेन्द्रनगर । नेकपाको दुईतिहाई बहुमतको बलियो भनिएको सरकार केही गर्न नसकी सबैतिरबाट असफल भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले आरोप लगाएका छन् । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता सिंहले सरकारले सन्तोषजनक कार्य नगरेकोले सबैतिरबाट असफल भएको बताएका हुन् । प्रतिपक्षी दल कांग्रेसले संसद र राष्ट्रिय राजनीतिमा र राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निभाइरहेको पनि सिंहले दाबी गरे ।

कांग्रेसले ठीक ढंगबाट अघि बढ्नुपर्छ भनेर आवाज उठाउँदै आएको नेता सिंहको भनार्इ थियो । सरकार जनताको जीउधनको सुरक्षामा समेत असफल भएको दाबी गर्दै नेता सिंहले निर्मला पन्त हत्या प्रकरणमा समेत सरकार गम्भीर नबनेको आरोप लगाए । उनले भने  ‘निर्मला प्रकरणमा सरकारले मन लगाएर अनुसन्धान गरेन । यो प्रकरणमा मुलुकभरका जनतामा सरकारप्रति मन दुखेको छ ।’

नेता सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यता नरहेको स्पष्ट पारे  । उनले भने ‘वर्तमान राष्ट्रिय मुद्दा र उठेका विषयमा संसदीय दलका नेताले स्पष्ट रुपमा आधिकारिक धारणा राख्दै आउनुभएकै त छ ।’ नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गरेको दावी गर्दै भने–‘ के २०४८ सालमा माननीयले गरेजस्तै र्यालिङ भाच्नुपर्ने, माओवादीको जस्तो संसदमा कुर्ची भाच्नुपर्ने र बस जलाउनु जस्ता अराजक गतिविधी गरेर मात्रै भूमिका देखिने हो र ?।’ नेता सिंहले भने ‘यो सरकारले भ्रष्ट लाई बचाउँदै छ ।’

उनले वाईडबडीको विषयमा बोल्दै भने छानविन समितिको प्रतिवेदनलाई टेर्दै नटेरी अर्को छानविन आयोग गठन गरेको प्रति आपत्ति जनाए ।

(Visited 1 times, 1 visits today)

२८ पुष २०७५, शनिबार १४:०७ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts