एक घण्टा हिँडेर खानेपानीको जोहो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १२:२३

हुम्ला । सर्केगाड गाउँपालिका–२ मा यतिखेर खानेपानीको समस्या देखिएको छ । उक्त गाउँपालिका–२ का ७० घरधुरीले दिनभरिको काम छाडेर पानीको जोहो गर्नुपरेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरि खानेपानीको जोहो गर्न घरको एक जना सदस्य पालो कुरिरहनुपर्ने बाध्यता रहेको छ ।

त्यस क्षेत्रका स्थानीयले खानेपानी ल्याउन एक घण्टाको दूरीमा रहेको तल्लो उनापानीको खोलाबाट माथिल्लो उनापानी पु¥याउनुपर्ने बाध्यता रहेको छ । दिनभर एक जना खानेपानी ओसार्न घरमा नै बस्नु परेको स्थानीय चुनर्बु फडेराले बताउनुभयो ।

गत वर्ष सामुदायिक विकास कार्यक्रमले एक दिन टाढापर्ने स्याउले भन्ने स्थानबाट खानेपानीको निर्माण गरेको भए पनि वनस्पतीको पात र फोहरले मुहान थुनिने समस्याका कारण खानेपानीको आपूर्ति राम्रो नहुँदा यस्तो समस्या भोग्दै आएको फडेराले बताउनुभयो ।

गाउँमा खानेपानीको धारा त बने पनि मुहानको ट्याङ्की छोप्न जालीलगायतका अन्य सामग्री नहुँदा रुखका पातले पाइपलाई बन्द गरिदिने समस्याले उपभोक्तालाई पानीको आपूर्तिमा समस्या भएको अर्का स्थानीय गोले फडेराले बताउनुभयो । हरेक दिन एक जना पानीको मुहान सफा गर्न मुहानतर्फ जानुपर्ने बाध्यता माथिल्लो उनापानीका बासिन्दाका लागि दिनचर्या नै बन्ने गरेको छ ।

जङ्गलको भिरालो बाटोमा पानीको मुहान सफा गर्न जाँदा वन्यजन्तुको डर हुने गरेको स्थानीयको भनाइ छ । “एक्लै जान पनि समस्या छ, भिरको बाटोमा लडिने अनि हिँड्दा ढिलो भएमा घर नपुगिने अवस्थाले दुईदेखि तीन जनाको समूहमा पानीको मुहान सफा गर्न जाने गरेका छौँ, हरेक दिन मुहान सफा गर्न साह्रै कठिन भएको छ”, उहाँले भन्नुभयो ।

खानेपानी नहुँदा पशुवस्तुलाई एक घण्टा लगाएर खानेपानी भएको खोलामा पु¥याएर ल्याउन अझ कठिन भएको छ । पशुवस्तुको चरन क्षेत्रबाट खोलामा पानी खुवाउन अझ समस्या छ । एक जनाले खानेपानी ओसार्ने अनी अर्कोले पशुवस्तुका लागि पानी खुवाउनुपर्ने अवस्था रहेको छ ।

“कपडा धुन आधा घण्टाको दूरीमा रहेको तल्लो उनापानीको तातोपानी भएको खोलामा गएर धुन्छौँ, फर्कंदा आधा घण्टा लाग्छ”, फडेराले भन्नुभयो । पानीको अभावले व्यक्तिगत सरसफाइमा पनि सङ्कोच अपनाउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । पानीलाई सुन जस्तै मानेर फारो गरेर चलाउनुपर्ने अवस्था छ । गाउँपालिका र वडापालिकालाई यो समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै गुनासो नभएको स्थानीयको गुनासो छ ।

(Visited 1 times, 1 visits today)

३० पुष २०७५, सोमबार १२:२३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts