कांग्रेस नेताको नाममा अस्पताल बन्न नदिए सरकारको प्रतिवाद हुन्छ : पौडेल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १२:३७

काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय तथा पार्टीका पुर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोल्न लागिएका दुई वटा अस्पताल सरकारले खारेजीको प्रकृयामा लगेपछि नेपाली कांग्रसले आपत्ति जनाएको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने- यो सरकार कांग्रेसको अस्तित्व नै निमिट्यान्न पार्ने षड्यन्त्रमा लागेको छ। नेपाली कांग्रेस कठोररुपमा उत्रन्छ। हामी सरकार र सदन दुवैबाट यसको प्रतिवाद गर्छौँ।

स्वास्थ्य मन्त्रालयले निर्माणाधीन तनहुँको दुलेगौँडास्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल खारेजीको प्रक्रियामा लगिसकेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला भएको भारत भ्रमणका क्रममा भारत सरकारले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल निर्माणका लागि सहयोग गर्ने बताएको थियो। उक्त अस्पतालका लागि सात सय रोपनी जग्गा प्राप्त भइसकेको थियो।

सरकारले देशभरका ११ वटा अस्पताललाई केन्द्रको मातहतमा ल्याउने तयारी गरिरहँदा नेपाली कांग्रेसका पुर्व सभापतिद्वय समेत रहेका गिरिजा र सुशीलको नामका निर्माणाधीन अस्पताल खारेजीको प्रक्रियामा लगेको हो। पत्रकार सम्मेलनमा पौडेलले अनसनरत डा. गोविन्द केसीको माग पुरा गरेर आफूलाई समाजवादी नेतृत्वका रुपमा पुष्टि गर्न सरकार र त्यसमा रहेका दललाई चुनौती दिएका छन्।

(Visited 1 times, 2 visits today)

३० पुष २०७५, सोमबार १२:३७ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts