अठार वर्ष पुगेकालाई फौजी तालिम दिनुपर्छ : डा. भट्टराई

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १२:३९

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सारेका हुन।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अमेरिका, चीन, भारतलगायतका शक्ति राष्ट्रहरुले नेपाललाई गोटी बनाउन सक्ने उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिन उपयुक्त हुने तर्क गरे।

सेना र हतियारका लागि गर्ने लगानी सबै नेपालीलाई सैन्य तालिम दिन खर्च गर्न सके नागरिकले नै राष्ट्रको सुरक्षा गर्ने र मुलुक पनि समृद्ध हुने संयोजक भट्टराईको भनाई छ।

संयोजक भट्टराईले अन्य देशसँगको आक्रमणबाट बच्नका लागि हतियार खरिद गर्नुभन्दा सो लगानी नागरिकलाई गर्न सके मुलुकमा विकास र समृद्धिको अभियानले तीव्रता पाउने विश्‍वास पनि व्यक्त गरे।

उनले नेपालले कुनै पनि राष्ट्रसँग आक्रमण गर्नुभन्दा शान्ति क्षेत्र कायम राखेर अघि बढने प्रस्ताव राख्नुपर्ने पनि बताए।

(Visited 1 times, 1 visits today)

३० पुष २०७५, सोमबार १२:३९ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts