डा. गोविन्द केसीको अनसन अस्पतालमा जारी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १२:४२

इलाम । इलाममा १६ औं सत्याग्रह शुरु गरेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा. गाेविन्द केसीलाई अस्पताल भर्ना गरिएकाे छ।

६ दिनदेखि अनशनमा रहेका केसीकाे मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएकाे हाे। डा. केसीलाई अस्पतालको बहिरंग विभागमा राखिएको छ। जिल्ला अस्पतलाका डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका छन्।

डाक्टरहरुको टोलीले आइतबार गरेको स्वास्थ्य परीक्षणमा केसीको अवस्था कमजोर बनेको, शरीरमा ग्लुकोजको मात्रा घटेको र मुटुको चाल अनियन्त्रित भएकाले जिल्ला अस्पतालमा सार्नु पर्ने निष्कर्ष निकालेको थियो।

केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन आज पनि इलाममा प्रदर्शन गरिँदैछ। सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको, संसदीय समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयक सहमतिको मर्म विपरित रहेको भन्दै केसी अनसनमा बसेका हुन्।

(Visited 1 times, 1 visits today)

३० पुष २०७५, सोमबार १२:४२ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts