कांग्रेसमा अब गुट-उपगुट छैन : उपसभापति निधि

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १२:४७

दुल्लु । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् ।

नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।’

उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै ‘अब काङ्ग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ भने ।’

वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले सङ्घीय प्रणाली नेपाली काङ्ग्रेसको एजेण्डा भएको बताए ।

नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए ।

समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे ।

नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहिंकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गरे ।

नेपाल प्रेस युनियनका जिल्ला सभापति भूपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाही, काङ्ग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसी, नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष सीता राना लगायतले मुलुकको विकास र समृद्धिका लागि प्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।

(Visited 1 times, 1 visits today)

३० पुष २०७५, सोमबार १२:४७ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts