पार्टीले नसम्झेपनि यिनले त सम्झिए सुशिलदालाई !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १५:०९

काठमाडौं । शनिबार नेपाली कांग्रेस्रका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधनको ३ वर्ष पूरा भयो । पार्टीका पूर्वसभापतिको स्मृतिदिवस मनाउने प्रचलन कांग्रेसभित्र रहदै आएको छ । तर संविधान निर्माणकर्ताका रुपमा कांग्रेसले चित्रण गर्ने स्वर्गीय कोइरालाको स्मृति दिवसमा भने कांग्रेसले औपचारीक कार्यक्रम गरेन । सुशिल कोइरालाको योगदानको अरुबेला चर्चा गरिएपनि स्मृति दिवसमै पार्टीले कार्यक्रम समेत नगर्नुले धेरैलाई निराश बनायो ।

यसका बावजुद सुशिल कोइराला सोसलिष्ट युथ सर्कलले भने कोइरालाले जीवनको अन्तिम समय व्यतित गरेको महाराजगञ्जस्थित निवासमा दीप प्रज्वलन कार्यक्रम गर्यो । शनिबार साँझको दीप प्रज्वलन कार्यक्रममा सर्कलका पदाधिकारीहरुसहित नेपाल विद्यार्थी संघका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । नेविसंघ उपाध्यक्षहरु निलकण्ठ रिजाल, उर्मिला थपलिया र सागर परियार एवं पूर्वमहामन्त्री गजेन्द्र कार्की,केन्द्रीय सदस्य जयराम दाहाल, नेता मोहम्मद वजिह अर्सद, नेविसंघ आरआर क्याम्पसका सभापति सञ्जिव ढकाल लगायत कार्यक्रममा सहभागि थिए ।

सुशिल कोइराला सोसलिष्ट युथ सर्कलका अध्यक्ष ताराबहादुर थापाले मुलुकलाई संविधान दिने नेतालाई पार्टीले मात्रै नभएर राज्यले नै ससम्मान स्मरण गर्नुपर्ने बताए ।

(Visited 1 times, 1 visits today)

२७ माघ २०७५, आईतवार १५:०९ मा प्रकाशित

Popular Posts