गोजीका मान्छेलाई नेतृत्व दिन सकिन्न : नेता नेपाल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १६:०५

हेटौंडा । नेकपा नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गोजीबाट निकालेको ब्यक्ति एकिकृत संगठनको अध्यक्ष नहुने बताएका छन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडाम भएको कार्यक्रममा बोल्दै नेता नेपालले अबको केहि समयभित्र नेकपाको सबै तहमा एकिकरण हुने बताए ।

उनले भने “संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको छ, सबै तहको संगठनलाई चुस्त दुरुस्त बनाउनु आजको आवश्यक्ता हो तर संगठन निर्माणको नाउँमा गोजिबाट निकालेको ब्यक्तिलाई नेतृत्व भने दिन सकिदैन् ।”

सरकारमा केहि कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर अघि बढनुपर्ने भएको भन्दै नेता नेपालले सरकारको कमजोरीको विषयमा सचिवालयस्तरमा गम्भिर छलफल हुने बताए ।
तीनै तहको सरकारले शुसासनमा जोड दिनुपर्ने भन्दै पुर्व प्रधानमन्त्री नेपालले भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेता नेपालले नेपाली काँग्रेस फ्रस्टेसनको शिकार भएको बताए । नेपाली काँग्रेसले भ्रष्ट्राचार न्युनिकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भएको भएपनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उनको भनाई छ । आफ्नो तेताले भ्रष्ट्राचार गर्दाचैँ चुप बस्ने अनि अरुको सानो गल्ति खोज्दै हिडने प्रबृत्ति ठिक नभएको उनले बताए ।

नेता नेपालले राजधानिको विषयमा आफु नबोल्ने बताएका छन् । पत्रकारहरुले प्रदेशको स्थायी राजधानीको विषयमा प्रश्न गरेपछि उनले यो प्रदेश सरकारको अधिकारको विषय भएकोले आफुले नबोल्ने बताए ।

कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनैपनि नेपालीलाई स्विकार्य नहुने बताए ।

सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न नसक्ने भन्दै उनले मधेशमा हाल कुनै पनि प्रकारको विवेध नरहेको समेत दाबी गरे ।

न्युज क्लब नेपालको अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरको युवानेताहरुको सहभागिता रहेको थियो ।

(Visited 1 times, 1 visits today)

२७ माघ २०७५, आईतवार १६:०५ मा प्रकाशित

Popular Posts