बार्सिलोना बराबरीमा , रियललाई फाईदा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार ०२:०६

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना एथलेटिको बिल्बाओ क्लबसँग गोल रहित बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा बार्सिलोना एथ्लेतिको बिल्बाओ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । एथलेटिक बिल्बाओको घरेलु मैदानमा भएको खेलमा मेसीसहित मैदानमा उत्रिएको बार्सिलोना कुनै गोल गर्न नसकी बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको अग्रता अब ६ अंकमा सिमित भएको छ ।

बिल्बाओका ओस्कार डे मार्कोस खेलको अन्तिम समय इन्जुरी समयमा दोस्रो पहेलो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । बार्सिलोनाको २३ खेलमा ५१ अंक भएको छ भने रियल म्याड्रिडको २३ खेलमा ४५ अंक रहेको छ ।

बार्सिलोनाले अब अर्को खेल शनिबार रियल भल्लाडोइडसँग आफ्नै घरेलु मैदानमा खेल्ने छ ।

(Visited 1 times, 1 visits today)

२८ माघ २०७५, सोमबार ०२:०६ मा प्रकाशित

Popular Posts