मेक अप गर्दा यी कुरामा ध्यान दिनुस् (टिप्स)

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार ०२:२१

काठमाडौं । मेक अपले तपाईको सौन्दर्यमा निखार ल्याउछ । सही मेक अपले भने तपाईको व्यक्तित्व र आत्मविश्वासमा पनि निखार ल्याउछ । मेक अप गर्दा यी कुरामा ध्यान दिनुभयो भने तपाईलाई उपयोगी हुनेछ । –मेकअप गर्दा सबैभन्दा पहिला क्लिन्जिङ क्रिमले अनुहार सफा गर्ने ।

–त्यसपछि कटनमा टोनर राखेर अनुहारमा लगाउने ।

–छाला चिल्लो छ भने कटनको कपडामा आइसको टुक्रा राखेर तीनदेखि पाँच मिनेटसम्म अनुहारमा दल्ने । यसले मेकअपलाई धेरै समयसम्म टिकाइराख्न मद्दत गर्छ ।

–टोनरपछि म्वइस्चराइजर क्रिम लगाउने ।

–त्यसपछि छालालाई सुहाउँदो फाउन्डेसन लगाउने ।

–फाउन्डेसनपछि पफ वा ब्रसको सहायताले लुज पाउडर लगाउने ।

–आँखालाई हाइलाइट गर्ने ।

–हाइलाइटसँग सुहाउँदो आइस्याडो लगाउने ।

–आइब्रो डिफाइनिङ पाउडर लगाउने ।

–वाटरपु्रफ आइलाइनर लगाउने ।

–गाजलपछि मस्कारा लगाउने ।

–ब्लसर लगाउँदा छालाको रङसँग मिल्ने गरी लगाउने ।

–समारोहअनुसार लाइट वा डार्क लिपस्टिक प्रयोग गर्ने ।

आँखाको मेकअप

–पहिले आई मेकअप बेस लगाउने ।

–गर्मीमा पाउडर बेस आइस्याडोको प्रयोग गर्नुपर्छ भने जाडोमा क्रिमबेस आइस्याडो लगाउँदा राम्रो हुन्छ ।

–आई मेकअप गर्नुअघि आँखामुनि लुज पाउडर लगाउने । मेकअप गर्दा आइस्याडो झ¥यो भने यसले मेकअप बेस खराब हुन दिँदैन ।

–आई मेकअप गर्दा दुईदेखि तीन रङको प्रयोग गर्ने ।

ओठको मेकअप

–लिपस्टिक लगाउँदा छाला र कपालको रङमा ध्यान दिनुपर्छ ।

–लिपस्टिक लगाउनुअघि ओठमा हल्का फाउन्डेसन लगाउने । यसरी फाउन्डेसन लगाउँदा ओठलाई भनेजस्तो आकार दिन सजिलो हुन्छ । –लिपलाइनरले आउटलाइन बनाउने । अनुहारलाई सुहाउने किसिमले मोटो वा पातलो आउटलाइन कोर्ने ।

–लिप ब्रसको सहायताले आउटलाइनभित्र लिपस्टिक लगाउने ।

–अठारदेखि २५ वर्षका युवतीका लागि पिंक रङको सेड राम्रो हुन्छ ।

–पच्चीसदेखि ४० वर्षका महिलालाई लाइट सेडको लिपस्टिक सुहाउँछ ।

–डार्क स्किन टोन भएकाले डार्क कलरको लिपस्टिक लगाउनु हुँदैन ।

–लिपस्टिकमाथि लिप ग्लस लगाउनाले ओठ सुक्खा देखिँदैन ।

(Visited 1 times, 1 visits today)

२८ माघ २०७५, सोमबार ०२:२१ मा प्रकाशित

Popular Posts