कीर्तिपुरमा पृथ्वीको मूर्ति निर्माण

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १६:४१

काठमाडौं । : पृथ्वीका विभिन्न भागलाई चिनाउने गरी मूर्तिकार रामकृष्ण भण्डारीले पृथ्वीको मूर्ति निर्माण गर्नुभएको छ ।
स्वर्गीय भू–गर्भविद् प्रा डा मादवप्रसाद शर्माको सम्झनामा पृथ्वीका विभिन्न भाग तथा क्षेत्रका बारेमा व्याख्या र विश्लेष्ण गरिएको मूर्ति निर्माण गरिएको हो । पृथ्वीमा भएको हावापानी, माटो, वनजङ्गललगायत विभिन्न वस्तुलाई सङ्केत गरी मूर्तिको निर्माण गरिएको मूर्तिकार भण्डारीले बताउनुभयो ।

सो मूर्तिबाट पृथ्वीका बारेका धेरै ज्ञान लिन सकिने उहाँले जानकारी गराउनुभयो । भूकम्पीय जेखिम क्षेत्रलाई पनि रेखाङ्कन गरी मूर्तिको निर्माण गरिएकोे छ । मूर्ति ३० इञ्चको गोलाइमा निर्माण भई सो गोलार्दभित्र जमीन पानी, माटो, आगोलगायत सम्पूर्ण भागलाई छुट्याइएको छ । पृथ्वीको ग्लोबका आधारमा मूर्तिलाई विभिन्न भागमा कुँदेर निर्माण गरिएको छ ।

(Visited 1 times, 1 visits today)

२८ माघ २०७५, सोमबार १६:४१ मा प्रकाशित

Popular Posts