महिला फुटबलमा नेपालले भारतलाई हरायो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १७:१२

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा भारतसँग ब्यहोर्दै आएको हारको शृंखला तोडेको छ।

नेपालमा आगामी मार्चमा हुने महिला साफ च्याम्पियनसिपको तयारीस्वरुप भारतको उडिसामा भईरहेको चार देश सम्मिलित हिरो वुमन्स गोल्डकपअन्तर्गत सोमबार साँझ भएको लिग खेलमा नेपालले भारतलाई २-१ गोलले हरायो।

नेपालको जितमा दुवै गोल सावित्रा भन्डारीले गरिन्। उनले ५ र ७ औँ मिनेटमा गोल गर्दै नेपाललाई बलियो बनाएकी थिइन्। ८४ औँ मिनेटमा भारतकी रतनबालाले एक गोल फर्काइन्। महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल तीनपटक भारतसँग पराजित भएको थियो। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।

नेपालले अन्तिम लिग खेलमा बुधबार इरानसँग खेल्ने छ। सोमबार भएको अर्को खेलमा म्यानमारले इरानलाई २-० गोलले हरायो। नेपाल पहिलो खेलमा म्यानमारसँग ३-० गोलले पराजित भएको थियो। भारतले इरानलाई १-० गोलले पराजित गरेको थियो।

(Visited 1 times, 1 visits today)

२८ माघ २०७५, सोमबार १७:१२ मा प्रकाशित

Popular Posts