नेविसंघमा चिठी काण्ड, मनपरी मनोनयन !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १७:३१

काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्षबाट नैनसिंह महरले राजीनामा दिएसंगै नेविसंघमा चिठि काण्डले तरंग मच्चाएको छ । जाँदाजाँदै महरले विधानको हवाला दिदैं दर्जनौ पद बाँडेका छन् ।

महरको हस्ताक्षरसहित नेविसंघको पदाधिकारी, केन्द्रीय सदस्य , जिल्ला अध्यक्ष तथा ईकाई अध्यक्षमा मनोनयन गरिएका चिठी फेसबुकभरी देखिन थालेका छन् । महरले नै अध्यक्ष छाडेपनि उनको आशीर्वादमा पद प्राप्त गर्नेहरुले सामाजिक सञ्जालमा बधाई पाइरहेका छन् । कतिपयले यसलाई व्यंग्य गरेका छन् भने कतिपयले अराजनीतिक कदमको संज्ञा दिएका छन् ।

विगतमा महरले बाँडेका चिठी र मनोनयन विवादित भएपछि उनले फिर्ता लिनुपरेको थियो । अहिले भने आफू जाँदाजादै उनले आफू निकटका विद्यार्थी नेताहरुलाई मनोनयनो चिठी दिएका हुन् । यसले नेविसंघ र पार्टीवृत्तमै चर्चा पाएको छ । मनोनितहरुको कुल संख्या अझै यकीन भइसकेको छैन ।

(Visited 1 times, 3 visits today)

२८ माघ २०७५, सोमबार १७:३१ मा प्रकाशित

Popular Posts