पुर्वराजा ज्ञानेन्द्र शाह गुप्तबासमा!

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २९ माघ २०७५, मंगलवार ०६:५९

झापा । छोरा पारस शाहलाई हृदयघात हुँदा पनि राजधानीको अस्पतालमा भेट्न नआएका पूर्वराजा ज्ञानेन्द्र शाह झापाको आफ्नै चिया बगानमा गुप्तबास बसेका छन् । झापा पुगेको लामो समय बितिसक्दा पनि उनले कसैसँग भेटघाट पनि गर्न बन्द गरिदिएका छन् ।

उनलाई भेट्न दैनिक मानिसहरु उनी बसेको चिया बगानभित्रको बंगलामा पुग्छन् तर पूर्वराजाले कुनै पनि ब्यक्तिसँग भेटघाट गरेका छैनन् । उनले भेटघाट बन्द गरिदिएका छन् । झापाको दमकस्थित निवासमा पत्नी कोमल शाहसँगै उनी बसिरहेका छन् । २४ माघमा सिमराबाट झापा आइपुगेका पूर्व राजा ज्ञानेन्द्र अहिले दमकमा रहेको आफ्नै चिया बगान भित्रको बंगलामा गुप्तबास बसिरहेका छन् ।

पूर्वराजा निकट ब्यक्तिहरुका अनुसार पत्नी कोमल शाहको स्वास्थ्यमा समस्या आएपछि उनले भेटघाट बन्द गरेका हुन् । उनको स्वास्थ्यमा केही सिजनल समस्या देखिएको छ । पत्नीको स्वास्थ्यमा समस्या आएपछि उनी पुजाका लागि मन्दिर जान पनि बन्द गरिदिएका छन् भने विहानको वाक चिया बगानभित्रै गर्ने गरेका छन् । पत्नी कोमल शाहको स्वास्थ्यमा सुधार आएपछि भेटघाट र मन्दिरमा पूजा गर्ने तयारी पूर्वराजाले गरेका छन् ।

(Visited 1 times, 1 visits today)

२९ माघ २०७५, मंगलवार ०६:५९ मा प्रकाशित

Popular Posts