नेकको भ्रष्टाचार ढाकछोप गर्न लम्बोदर पक्षले ७८ लाख घुस बुझायो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार ०६:४३

काठमाडौं । काठमाडौं । काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजमा भएको अनियमितता ढाकछोप गर्न संस्थापक लम्बोदर न्यौपानेको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई नै घुस खुवाएको सार्वजनिक भएको छ ।

सार्वजनिक मुनाफा रहित संस्थाका रुपमा रहेको सो कलेजलाई नीजिकरण गर्न सक्रिय न्यौपाने समूहले आफ्ना गल्ती ढाकछोप गर्न करोडौ रुपैयाँ खर्च गर्दै आएको छ । अख्तियारका आयुक्त राजनारायण पाठकलाई नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार सम्बन्धी उजुरी मिलाएर दोषमुक्त बनाइदिने शर्तमा न्यौपाने समूहले ७८ लाख रुपैयाँभन्दा बढी रकम घुस दिएको प्रमाणित भएको छ । न्यौपाने समूहले घुस बुझाएको र आयुक्तले स्वीकार गरेको भिडियो यतिबेला सञ्चारमाध्यममा पुगेको छ ।

न्यौपाने कलेजको कार्यकारी अध्यक्ष हुँदा आर्थिक अनियमितता गरेको, करोडौं रुपैयाँ बेरुजु देखिएको तथा नीजिकरण गर्न पैसाको खोलो बगाएको आरोप लाग्दै आएको थियो । उनै न्यौपाने समूहविरुद्ध कलेजका संस्थापक दीपक भट्टराई पक्षले अख्तियारमा उजुरी दिएको थियो । सो उजुरीबाट छुटकारा पाउन लम्बोदर न्यौपाने पक्षले रकम खर्च गरेको र आयुक्तलाई नै प्रभावमा पारेको देखिन आएको छ । भिडियोमा कुन पक्षले रकम दिएको भन्ने नखुलेपनि आरोपितले नै ७८ लाख एजेन्टमार्फत पठाएर मुद्धा मिलाउन खोजेको स्रोतको दावी छ ।

घुस लिएको प्रमाणित भइसक्दा अख्तियारका आयुक्तले यसबारेमा धारणा दिएका छैननु भने लम्बोदरको दुवै मोबाइल स्वीच अफ छ ।

यो पनि पढ्नुहोस् –

नेक अनियमितता र घुसकाण्डको छानबिन गर्न सञ्चालक भट्टराईको माग

(Visited 1 times, 12 visits today)

२ फाल्गुन २०७५, बिहीबार ०६:४३ मा प्रकाशित

Popular Posts