बेहुला–बेहुली बने संजोग र वर्षा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार १०:५५

काठमाडौं- अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला वैवाहिक बन्धनमा बाधिएका छन् ।

प्रेमजोडीको महत्वपूर्ण दिन मानिने ‘भ्यालेन्टाइन डे’को अवसर पारेर विगत सात वर्षदेखि प्रेममा रहेको यो जोडीले बिहीबार विवाह गरेको हो । काठमाडौंको पाँचतारे होटल ¥याडिसनमा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्परा अनुसार उनिहरुको विवाह चलिरहेको छ ।

केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत विवाहको जानकारी गराएका थिए । त्यस्तै उनिहरुले गत सोमबार इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट गर्दै उनिहरुले आफूहरुको संयुक्त नाम मिलाएर एउटै नाम ‘सन्सा’ राखेका थिए ।

वर्षा एकपछि अर्को चलचित्रमा व्यस्त छिन् । उनि अभिनित पछिल्लो चलचित्र गोपी हलमा प्रदर्शनरत छ । यता संजोग आधा दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् । संजोग पछिल्लो समय चलचित्र ‘कथा काठमाडौं’मा देखिएका थिए ।

(Visited 1 times, 1 visits today)

२ फाल्गुन २०७५, बिहीबार १०:५५ मा प्रकाशित

Popular Posts