बमले रोक्दैन नागरिक अधिकार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७०, बिहीबार १०:२६

सम्पादकीय….।

लोकतन्त्रको सौन्दर्य भनेकै आवधिक निर्वाचन हो । आवधिक निर्वाचन लोकतन्त्रमा मात्रै हुने भएकोले मताधिकार कुनै पनि लोकतान्त्रिक मुलुकका नागरिकहरुको नैसर्गिक अधिकार हो । लोकतन्त्रमा फरक मत राख्ने अधिकार पनि सुरक्षित हुन्छ । तर आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको हनन गर्न लोकतन्त्रकै उपहास हो ।

यतिबेला संविधानसभाको दोस्रो निर्वाचनमा मुलुक होमिइरहदा निर्वाचन बहिस्कारको पक्षमा रहेको नेकपा – माओवादी र उसले नेतृत्व गरेको मोर्चाले निर्वाचन विरोधी गतिविधीलाई तीव्रता दिइरहेका छन् । निर्वाचनको विरोध गर्ने, बहिस्कार गर्ने वा निर्वाचनमा सहभागी नहुने अधिकार जोकोहीलाई छ, तर निर्वाचनमा सहभागी हुन चाहनेहरुलाई आतंकित पार्नु किमार्थ उपयुक्त होइन ।

यतिबेला ठाउँ ठाउँमा पेट्रोल बम प्रहार, आगजनी तथा आक्रमणका घटनाहरुमा बृद्धि भईरहेको छ । मतदाताहरुलाई आतकिंत पार्ने कार्यलाई निर्वाचन विरोधीहरुले बढावा दिइरहेका छन् । सरकारले सुरक्षा अवस्था मजबुद बनाउन हरसम्भव प्रयास गरिरहेको छ । यद्यपी नागरिकहरुलाई त्रासमा पारेर संविधान प्रदत्त नैसर्गिक अधिकारबाट बञ्चित राख्नु निन्दनीय छ । नेकपा–माओवादी होस् वा अरुकुनै राजनीतिक दल कसैलाई पनि नागरिकको मतअधिकार खोस्ने अधिकार छैन ।

नागरिक अधिकारको हननमा सक्रिय हुने नेता कार्यकर्ताहरु लोकतन्त्र र जनताकै अधिकारको कुरा गरेर थाकेका छैन । हरेक दस्तावेज र हरेक भाषणमा “जनता” नछुटाउनेहरु जनताकै अधिकार हननका लागि उद्यत हुनु अत्यन्तै अशोभनीय छ । निर्वाचन बहिस्कारको पक्षमा रहेपनि जनतालाई त्यसको न्यायोचित कारणबारे जानकारी गराएर आफ्नो एजेण्डामा सहमत गराउने विकल्प सबैभन्दा उपयुक्त हो । तर नेकपा–माओवादी नेतृत्वको मोर्चाका नेताहरु आफू गुप्तवास बसेर सडकमा हिडिरहेका जनतामाथि पेट्रोल बम प्रहार गर्नु कस्तो राजनीति हो ?

विरोधीहरु जति नै सक्रिय भएपनि मुलुक निर्वाचनमा होमिइसकेको छ । नागरिकहरु मतदानको दिन कुरेर बसिरहेका छन् । यस्तो अवस्थामा जनतालाई नै त्रसित पार्ने आतंकवादी गतिविधी त्यागेर आफ्नो राजनीतिक अडानलाई शान्तिपूर्ण रुपमा अघि बढाउनु नै उपयुक्त हुन्छ । अन्यथा जनताले आफ्नो अधिकार त जसरी पनि उपयोग गर्ने नै छन्, साथ साथै नेकपा–माओवादी र उसको मोर्चाको राजनीतिक हैसियतलाई नामेट पनि पारिदिन सक्छन् ।

(Visited 22 times, 1 visits today)

२८ कार्तिक २०७०, बिहीबार १०:२६ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts