आज : Sunday, July 20, 2025 | २०८२ श्रावण ४ आइतबार

एनआरएनए युकेको स्कट्ल्याण्डको तर्फबाट उपाध्यक्ष पदमा कार्कीले दिए उम्मेदवारी

समाज खबर संवाददाता |

काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायत  (एनआरएनए युके) को स्कट्ल्याण्डको तर्फबाट उपाध्यक्ष पदमा शशी कार्कीले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि बेलायतमा बसोवास गर्दे आएका कार्की बिदेशमा रहेर  बिभिन्न सामाजिक कार्यमा संलग्न रहेका छन् । एकतावद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिताका साथै नेपाली कला, साहित्य र संस्कृतिको संवद्र्धन एवं प्रवर्धन बिषय उनले आफ्ना चुनावी मुद्दा रहेको बताएका छन् । यसैगरी उनले बेलायतमा रहेका र त्यहाँ पुग्ने नेपाली विद्यार्थी र कामदारहरुको अधिकारका बिषय पनि आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।बिदेशमा रहेका नेपालीहरुले भोग्नु परेका बिभिन्न समस्या सबैका साझा समस्या भएका र त्यसलाई समाधान गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको कार्कीले बताएका छन् । एनआरएनएलाई एक मर्यादित र सामाजिक संस्थाको रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि कार्कीको भनाई छ । यसैगरी एनआरएनए युकेभित्र कानुन र नैतिक सिद्धान्त अनुकुल विधिविधान भित्र रहेर काम होस् भन्नका लागि पनि आफूले उम्मेदवारी दिएको कार्कीले बताए । कार्की अहिले एनआरएन युेकेको केन्द्रीय सदस्य छन् । उनले बिगतमा पनि बेलायतमा रहेका नेपालीहरुको हौसला र प्रेरणाबाट उत्साहित भएर एनआरएन युेकेको केन्द्रीय सदस्यमा निर्वाचित भएको र सो पदमा रहँदा नेपाल र नेपालीको पक्षमा बिभिन्न कामहरु गरेको र बाँकी अधुरा काम पूरा गर्न पनि बिगतको हौसला र प्रेरणालाई आत्मसाथ गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । आगामी हप्ता एनआरएन युेकेको निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस