एमालेले भन्यो :पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता ‘होल्ड’मा
समाज खबर संवाददाता |

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगन अवस्थामा रहेको बताएको छ । शनिबार पोलिटब्यूरो बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपतिको सदस्यता स्थगन अवस्थामा रहेको बताएका हुन् ।उनले भने, ‘भण्डारीको सदस्यता नवीकरण पनि पेन्डिङ अवस्थामा छ । सदस्यताका सम्बन्धमा पार्टी विधानको धारा ८, धारा ९ आकर्षित भएको छ । यो धाराको व्याख्यापछि पार्टीले उचित समयमा आवश्यक निर्णय लिन्छ । तर, अहिले स्थगन छ भन्ने हो ।’दुई दिनसम्म केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको उनले बताए । बैठकमा नेताहरुले पूर्वराष्ट्रपति आउन हुने र नहुने पक्षमा विचार राखेका थिए । तर बैठकले कुनै निर्णय गर्न भने सकेन ।
प्रतिकृया दिनुहोस