घुस प्रकरणमा मुछिएका भूमिसुधार मन्त्री अधिकारीलाई बर्खास्त गर्न एमाले कास्कीको माग
समाज खबर संवाददाता |

पोखरा । नेकपा एमाले कास्कीले घुस डिल प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ ।शनिबार पोखरामा भएको विस्तारित बैठकमा घुस प्रकरणमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर भूमि व्यवस्था मन्त्री अधिकारी पदमै रहेको भन्दै कारबाहीको माग गरेको हो ।बैठकमा एमाले कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण थापा र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले घुस डिलमा जोडिएका राजकुमार गुप्ताले राजीनामा दिएको भन्दै अधिकारीले पनि राजीनामा दिनुपर्ने बताएका थिए ।अध्यक्ष क्षेत्रीले भने,’लिची बगैंचा प्रकरणमा जोडिएर भूमि व्यवस्था मन्त्री अधिकारीको पनि अडियो सार्वजनिक भएको छ । उहाँलाई पनि राजीनामा गराएर अनुसन्धानको दायरा ल्याउनुपर्छ ।’ लिची बगैंचा प्रकरणमा मन्त्री अधिकारीले ३२ लाख घुस लिएको भनिएको अडियो सार्वजनिक भएको छ ।पोखराको लिची बगैंचा हत्याउन मन्त्री गुप्ता र अधिकारी मुछिएका छन् । त्यस्तै एमाले गण्डकीका सल्लाहकार परिषद सदस्य विचौलिया सुजन लामाको सदस्यता नवीकरण नगरी केन्द्रमा पठाएको छ ।
प्रतिकृया दिनुहोस