आज भारी देखि धेरै भारी बर्षाको सम्भावना, सतर्क रहन ओलीको अपिल
समाज खबर संवाददाता |

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थान भन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो ती स्थानमा भारी देखि धेरै भारी बर्षा हुने आकलन पनि महाशाखाले गरेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मौसमजन्य बिपद्बाट सतर्क रहन आव्हान गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले 'मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।' उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस