आज : Wednesday, May 08, 2024 | २०८१ बैशाख २६ बुधबार

भदौ महिना कस्तो रहला ? हेर्नुहोस् राशिफल

समाज खबर संवाददाता |

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शैक्षिक क्षेत्रबाट सामान्य सफलता मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग निलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशिको लागि यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्नेछ । अनावश्यक र नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ र शुभ कार्यको योग समेत रहेको छ । यो महिनाको लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मिथुन राशिका लागि भाद्र महिनामा धार्मिक कार्य वा शुभ कार्य हुनेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशिका लागि भाद्र महिना लाभदायी रहनेछ साथै आर्थिक वृद्धि हुने देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीलाई स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशिका लागि भाद्र महिना शुभ र नयाँ कार्यको थालनी हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाहन लाभ हुने समय छ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशिका जातकका लागि भाद्र महिनामा स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । महिनाको मध्यबाट नसोचेको ठाउँबाट धनागम हुनेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । शुभ समाचार सुन्न पाइएला । शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ४, ९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशिको लागि यो महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो महिनामा शुभकार्यमा सरिक भइनेछ । लामो यात्रा सुखद् र सफल हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक नोक्सानी पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हल्का गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको स्मरण गरि आरम्भ गर्दा राम्रो हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । रमाइलो भेटघाट हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको उत्तरार्धबाट अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशिका लागि भाद्र महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कुम्भ राशिका लागि भाद्र महिनामा राम्रो फल मिल्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४, ५ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मीन राशिका जातकका लागि भाद्र महिनामा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रतिकृया दिनुहोस