आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

१८ औँ वार्षिकोत्सवमा एनसेल अफर: ७ जनाले स्कुटर जित्न सक्ने 

समाज खबर संवाददाता |


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले, १८ औं वार्षिकोत्सवमा अवसरमा आफ्ना ग्राहकलाई विभिन्न अफरहरुको घोषणा गरेको छ । 
आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सबै ग्राहक मध्येबाट ७ जनालाई स्कुटर जित्न सक्ने अफरको घोषणा गरेको हो । 
पुरस्कार जित्न प्रयोगकर्ताले ८१७११७३ डायल गर्नुपर्ने हुन्छ । अफर एक्टिभेट भइसकेपछि सबै प्रयोगकर्ताले विभिन्न अफर पाउनेछन् । 
सहभागी हुने प्रयोगकर्ताले एनसेलले उपलब्ध गराउने दैनिक, साप्ताहिक र बम्पर अफरहरू पाउने सो कम्पनीको दाबी छ । दैनिक उपहारमा ग्राहकले बिना कुनै शुल्क एनसेलका विभिन्न अफरहरू पाउने छन् । 
त्यस्तै प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् । यसैगरी अफरको अन्तिममा भाग्यशाली सात जनालाई एक एक ओटा स्कुटर दिने घोषणा कम्पनीले गरेको छ । 
एनसेलका अनुसार साप्ताहिक र बम्पर उपहार पाउनका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्नेछ ।
यो अफर आज (आइतवार ३१ भदौ) देखि २८ दिनसम्म चल्ने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस