आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

बढ्दो आत्महत्या तर्फ उन्मुख नेपाली सामाज, समस्या र समधान

समाज खबर संवाददाता |

लेखक शिबराज सुवेदी 

 शिबराज सुवेदी : मानिसहरुले आफ्नो  जीवनका अति अप्ठेरा भोगाइ र हरेक असहज  क्षणलाई सामान्य रुपमा लिन  नसकी मृत्यु नै उनिहरुले  मुख्य बाटो अपनाउन खोजेको बुझ्न सकिन्छ । त्यस्तै आत्मबल कम्जोर हुने व्यक्तिहरूमा त्यस्तो सोचाइ उत्पन्न हुनसाथ ऊ तुरुन्त आत्महत्या गर्ने तर्फ लाग्छन् । आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ अथवा अन्य मानिसको भेटवार्ता र मनोरञ्जन तिर मनलाई मोड्दै समयलाई टार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाई मनोवैज्ञानिकहरुको छ । त्यसैले सामान्य कुरालाइ हटिल बनाउन खोज्ने र जटिलको समाधान गर्नतर्फ नलाग्दा नै जिबनले शुन्यता बहन गर्दछ। 

यसरी आत्महत्याको क्रम बढिरहँदा एउटा प्रश्न सधैँ अपुरो रहने गर्दछ । आखिर किन गर्छन् मानिसहरूले आत्महत्या रु आत्महत्या गर्ने कारणहरुमा गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक अभाव र जीवनमा असफलताजस्ता मानसिक तनावका कारणले मानिसहरू आत्महत्या गरेको देखिन्छ । यस्तै उच्च जीवन शैली कायम राख्न नसक्दा, व्यापारिक घाटा, आर्थिक समस्या, आफन्तको मृत्यु, दैवीप्रकोप, आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ती वा अपराध बोध, ज्यादा महत्वकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समधान गर्न नसक्दा कतिपय मानिसहरू आफ्नो जिबनलीला आत्महत्याद्वारा समाप्त पारेको भेटिन्छ ।

 तर हामीले बुझ्नैपर्ने कुरा के हो भने संसारमा समस्याको जन्म हुनुभन्दा पहिला नै त्यसको समाधानको पनि जन्म भएको हुन्छ । हरेक समस्याको समाधान छ, हामीले समस्यासँग सामना गर्न सक्नु पर्छ । आत्महत्यालाई समस्या समाधानको माध्यम बनाइनु हुँदैन । आत्महत्या गरेर गयो भने मान्छेको जीवन समाप्त हुन्छ  तर समस्या समाधान हुँदैन । अतस् समस्या समाधान गर्ने, समस्याको हल खोज्नेतिर ध्यान दिनु पर्दछ । यदि त्यसो गर्न सकिएमा कसैले पनि अनाहकमा अकालमा देह त्याग अर्थात् आत्महत्याको बाटो रोज्ने छैनन् । अहिले आत्महत्या बढ्दै जादा यो कसैको लागि सिको बनेको छ । समाजमा आत्मबल बढाउने र जीवन बुझाउने खालको पाठ्यक्रम अब बिधालय स्तरबाटै नराख्ने हो भने यो समाजको ठूलो रोग बन्न सक्नेछ । अब सरकारी र गैरसरकारी सस्थाहरुले आत्महत्या सम्बन्धमा निरन्तर कार्यक्रम हरुगर्दै जीवन बुझाउने पाटोलाइ अगाडि बढाउन सकेमा सबैको कल्याण होला ।

 

प्रतिकृया दिनुहोस