आज : Sunday, May 19, 2024 | २०८१ जेठ ६ आइतबार

सवारी दुर्घटना गराइ फरार स्याङजा बिरुवाका गुरुङ पक्राउ

समाज खबर संवाददाता |

पोखरा ।
स्कुटरले ठक्कर दिइ  फरार रहेका स्याङजा बिरुवाका कुशल गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ६ गते दिउसो दिउसो १:३५ बजेको समयमा  ग १२ प ३३९७ नम्बरको स्कुटर ले लेकसाईड स्थित शान्तिपाटन हुदै शहिदचोक जाँदै गर्दा सोही दिशातर्फ गइरहेको ग १३ प ४०९ नम्बरको स्कुटरलाई ठक्कर दिइ  पोखरा २७ बस्ने गायत्री थापालाई घाइते बनाइ उपचारको लागि अस्पताल लिनु पर्नेमा  गाली गलौज गरी भागेका थिए ।

वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले बैशाख १३ गते गुरुङलाई स्कुटर सहित पक्राउ गरी अभद्र ब्यवहार सम्बन्धी मुद्धामा थप अनुसन्धान प्रकृया अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस