आज : Thursday, May 16, 2024 | २०८१ जेठ ३ बिहीबार

उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

समाज खबर संवाददाता |

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । 

विद्युतको मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीय वासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन,  फ्रिज, मोबाइल, कम्प्युटर,  लगायत उपकरणमा क्षति पुगेको छ ा
 करीब ५ जना करेन्ट लागेर  घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको  वडाध्यक्ष रामबहादुर खड्काले  बताए ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको र  लाइन बन्द गरिएको मर्मतका लागि प्राविधिक टोली पठाइने केन्द्रका प्रमुख प्रताप बरालले बताए ।
विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको छ ।

प्रतिकृया दिनुहोस