आज : Thursday, May 16, 2024 | २०८१ जेठ ३ बिहीबार

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन सर्वोच्चबाट खारेज

समाज खबर संवाददाता |

काठमाडौं ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले  खारेज गरिदिएको हो । सर्वोच्चको आदेशसँगै अधिकारी नेतृत्वको सरकारले वैधानिकता पाएको छ । सभामुखलाई समेत गणना गरेर दाबी गर्दै मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलका नेता पाण्डेले रिट दायर गरेका थिए ।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस