आज : Friday, May 17, 2024 | २०८१ जेठ ४ शुक्रबार

अत्यधिक गर्मी बढेपछि दुई दिन बुटवलका विद्यालय बन्द

पुष्पराज पौडेल - |

बुटवल । अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय  गरेको छ । बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन बन्द गर्ने निर्णय गरेको सूचनामा भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सूचना जारी गर्दै वैशाख २० र २१ गते नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए ।

बुटवल उपमहानगरको सूचनामा भनिएको छ, ‘केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यार्थीको स्वास्थ्यमासमेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरुले पाउने वार्षिक बिदाबाट कट्टी हुनेगरी वैशाख २० र २१ गते दुईदिन विद्यालयमा बिदा गर्नुहुन अनुरोध छ ।’

प्रतिकृया दिनुहोस