आज : Sunday, May 19, 2024 | २०८१ जेठ ६ आइतबार

जापानकी विदेशमन्त्री योको आज काठमाडौँ आउदै

समाज खबर संवाददाता |

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज  उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपालको भ्रमणमा आउन लागेकी परराष्ट्र मन्त्रालयले जनाएको  जनाएको छ ।
भ्रमणका क्रममा योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् । उनले परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्नेछन् । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा आजै भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस