आज : Sunday, May 19, 2024 | २०८१ जेठ ६ आइतबार

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

समाज खबर संवाददाता |


कास्की,   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज  गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका थियो ।  मुख्यमन्त्री अधिकारीले आज दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने  प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस