आज : Sunday, May 19, 2024 | २०८१ जेठ ६ आइतबार

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

समाज खबर संवाददाता |

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ ।

देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

दिउँसो आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना  छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना  छ ।

प्रतिकृया दिनुहोस